ट्रक को ठक्कर बाट माेटरसाईकल चालक काे ज्यान गयाे
पुस १८गते :चितवनमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केरावारी नजिक हिजो साँझ अन्दाजी ६ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको ना ६ ख ३३१२ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००३ प ६५७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक तनहु जिल्ला भानु नगरपालिका ८ निवासी बर्ष ३८ को सन्जिव रायमाझीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र ट्रकको चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जानकारी दिए ।