प्रधामन्त्री प्रचण्ड आज गोर्खा जानू हुदै

पुस २७गते :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन् । संसदमा भारी मतकासाथ विश्वासको मत पाएको भोलि पल्टै प्रचण्ड आफू निर्वाचित जिल्ला गोरखा जाने भएका हुन् ।

उनी ११ औं गोरखा महोत्सव उदघाटन गर्न गोरखा जाने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
महोत्सवको उद्घाटन कार्यक्रम खेलकुद मैदान हरमटारीमा हुनेछ ।

प्रधानमन्त्री बनेपछि प्रचण्डको यो उपत्यका बाहिरको तेस्रो भ्रमण हो । उनी यसअघि गृहजिल्ला चितवन र पोखरा गएका थिए । त्यसपछि उनी तेस्रो भ्रमणका रुपमा गोरखा जाँदैछन् ।

उनी गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनी गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले मंगलबार विश्वासको मत लिएका हुन् । २७० संसदमध्ये २६८ सांसदको मत प्राप्त भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *