आम माफि पायका रिगल काे सर्वोच्च अदालत बाट आम माफि बदर तत्काल पक्राउ गर्न आदेश
कात्तिक १६गते :संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकाल रिगललाइ सर्वोच्च अदालले आममाफी बदर गरेको छ ।
बिहिबार अदालतका कायममुकायम प्रधानन्यायधिस इश्वरीप्रसाद खतिवडा, न्यायधीषद्वय सपना मल्ल र कुमार चुडालको पूर्ण इजलासले आममाफीको निर्यण बदर गर्ने आदेश दिएको हो । फैसलासँगै तत्काल पक्राउ गर्न पनि आदेश दिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका ८ का २९ वर्षीय चेतन मानन्धरमाथि २०७२ असार २८ गते रिगलको निर्देशनमा दिनदहाडै खुँडा प्रहार गरिएको थियो ।
त्यस विरुद्द मानन्धरकी पत्नी भारती शेर्पाले गत असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले आज फैसला सुनाएको हो ।