सिन्धुली मा बस काे ठक्कर बाट एक महिला काे ज्यान गयाे
कात्तिक १६गते :सिन्धुलीकाे दुधौलीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएकाे छ । दुधाैली नगरपालिका-४ एकहटियास्थित सडकमा काठमाडौंबाट कटारीतर्फ जाँदै गरेको प्रदेश
२-०३-००१ ख ७१२५ नम्बरको बसको ठक्करबाट एक पैदलयात्रीकाे मृत्यु भएकाे हाे ।
मृतककाे हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिलाको बिहीबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।