रामेछाप काे विमानस्थल मा  दुई पाईलाेट विच कुटाकुट

कात्तिक १७गते :तारा एयरका २ पाइलटबीच विमानस्थल हाताभित्रै कुटाकुट भएको छ । रामेछापको मन्थलीस्थित विमानस्थलभित्रै तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच कुटाकुट भएको हो ।

शुक्रबार बिहान ८ बजे तारा एयरको ट्वीनअटर विमान सोलुको लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गर्यो । उक्त विमान वरिष्ठ क्याप्टेन शाहले अवतरण गराएका थिए । त्यसपछि उक्त विमान रामेछापबाट लुक्ला लैजाने ड्यूटी थियो क्याप्टेन सञ्जीव श्रेष्ठको । तर, उनीहरुबीच विमानस्थलको एप्रोनमै हात हालाहाल भएको पाइएको नागरिक उड्डयन प्राधिकरण (क्यान) स्रोतले जनाएको छ ।

जहाज अवतरण गराएर विमानस्थल भवनतर्फ आउँदै गरेका क्याप्टेन साहले अर्का क्याप्टेन श्रेष्ठसँग हात मिलाउन खोज्ला श्रेष्ठले धकेलेको र साह भुइमा लडेको बताइएको छ । लडेपछि साहले उठेर श्रेष्ठलाई धकेलेको बताइन्छ । यसपछि हानाहान भयो ।

घटनापछि क्याप्टेन श्रेष्ठ जहाज लिएर लुक्ला उडे । उनलाई लुक्ला विमानस्थलमै ग्राउण्डेड गरिएको छ । क्याप्टेन साहलाई पनि रामेछापमै ग्राउण्डेड गरिएको छ । सो जहाजलाई पनि ग्राउण्डेड  गरिएको छ ।

क्यानले भने क्याप्टेन श्रेष्ठ दोषी देखिएको भन्दै उनको पाइलट इजाजतपत्र खारेज गर्ने तयारी गरेको छ ।

तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले भने उनीहरुको झगडा उडानसँग सम्बन्धित नभई व्यक्तिगत भएको देखिएको बताएका छन् । यस सम्बन्धमा कम्पनीले आफ्नो तर्फबाट अनुसन्धान सुरु गरेको उनको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *