सिन्धुली मा रड प्रहार गरि छाेरा द्वारा बाबु काे हत्या
मङ्सिर ७गते :सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ शिखरडाडाका ३२ वर्षीय दावा घिसिङले आफ्नै ७२ वर्षीय बाबु बुद्धिमान घिसिङको टाउकोमा फलामको रड प्रहार गरेर हत्या गरेका छन् ।
गयराति ८ः४५ बजेको समयमा छोराले रड प्रहार गर्दा बुवाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता चिरन्जीवी दाहालले बताउनुभयो ।
पितालाई रड प्रहार गर्ने दावा घिसिङ बेपत्ता भएकाले खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव भने,पोष्मार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा राखिएको छ । आफ्नै पितालाई छोराले फलामको रड प्रहार गर्नुको कारण भने पत्ता लागेको छैन ।