प्रहरी असई  यादव निलम्बित

मङ्सिर ११, काठमाडौँ । महोत्तरीमा पेस्तोल खेलाउँदा पड्केर प्रहरी जवानलाई गोली लागेको घटनामा संलग्न असई निलम्बनमा परेका छन् ।

महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादव भन्ने रामेश्वरप्रसाद यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो ।

आइतबार अपराह्न असई यादवलाई प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले निलम्बन गरेको कार्यालयका प्रवक्ता एसएसपी श्याम कुमार महतोले जानकारी दिए । एसपी महतोका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

डाँका समातेको खुसीमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कात्तिक ३० गते राति भएको रात्रि भोज खाएर फर्केपछि असई यादवले पेस्तोल खेलाउँदा सेन्टरी बसेका प्रहरी जवान राजेश कुमार घाइते भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *