बन्दीपुर का भुमिहिन दलित र सुकुम्बासी हरुले पाउने भए जग्गा

यमन रोका क्षेत्री,काठमाडौँ 

मङ्सिर २० ,राष्ट्रिय भुमि आयोगले भुमिहिन दलित र सुकुम्बासी हरुलाइ जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबसिहरुको ब्यबस्थापन गर्न बन्दिपुर गाउपालिकाले भुमिहिन दलित र सुकुम्बासीहरुको पहिचान गरि लगत संकलन पछि जग्गा वितरणका लागि स्थलगत रुपमा बन्दिपुर गाउपालिका वडा १ ले २०८०/०८/१९ गते बाट जग्गाको नाप नक्सा सुरु गरेको छ ।

वडा नं. १ मा जस्तै क्रमश २,३,४,५,,६ मा पनि भुमिहिन दलित र सुकुम्बासीहरु पहिचान संकलन गरिसकियको  र  सबैलाई भुमि अब को २ महिना भित्र सबै भुमिहिन दलित र सुकुम्बासी हातमा लालपुर्जा क्रमश पुग्ने बन्दिपुर गाउपालिका का प्रमुख सुरेन्द्र थापाले जानकारी दिनु भयो ।

बन्दिपुर गाउपालिका भित्र भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित गरि जम्मा  ३५०० भएकाे जसमध्ये ३००० अव्यवस्थित, ४०० सुकुम्बासी र १०० भुमिहिन भएकाे बताउनु भयाे ।

भुमिहिन दलित र सुकुम्बासी व्यक्ती हरुले नाप नक्सा हुँदा को समयमा आ-आफ्नो नगरिकता प्रमाणपत्रको प्रतिलिपी , उपलब्ध अन्य प्रमाण र निवेदन दर्ता को नाक्सा सहित उपस्थित भइ आफुले आवद कमोद गरेको जग्गाको सांध सिमाना देखाइ नापी गराउन समेत गाउँपलिका ले आनुरोध गरेको थियो ।

उक्त कार्यक्रम राष्ट्रिय भुमि आयोग दमाैलीकाे सहकार्य र बन्दिपुर गाउपालिकाकाे आयाेजनामा गरीएकाे थीयाे ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *