दुबईमा मृत्यु भयका युवकको सुत्केरी श्रीमती ले  शवको बाटो कुर्दै

पुष १३, शुक्रवार, दुबईमा मृत्यु भएका दोलखाको जिरी नगरपालिकाका युवकको शव आर्थिक अभावले अझै नेपाल ल्याउन सकिएको छैन ।

भिजिट भिसामा दुबई गएर मृत्यु भएका जिरी नगरपालिका–९ ठूलोपातलका ३३ वर्षीय रमेश नेपालीको शव आर्थिक अभावले अझै नेपाल ल्याउन नसकिएको हो । करिब १० लाख ऋण गरेर दुई महिना अघि मात्रै दुबई पुगेका उनको समुन्द्रमा पौडी खेल्ने क्रममा यही मंसिर ११ गते बेलुकी मृत्यु भएको परिवारले पुष्टि गरेको छ । परिवारजनले १२ गते विहान मृत्युको खबर पाएपनि आर्थिक अभावले र दुवईमा ‘इलिगल’ रहेका कारण हालसम्म उनको शव नेपालमा ल्याउन नसकिएको मृतकका काका अक्कल बहादुर दर्जीले बताउनुभयो । उहाँका अनुसार भतिजो रमेशको शव नेपालमा ल्याउन चन्दा संकलनको काम भइरहेको छ । सामान्य परिवारका उनी दुई महिना अघि मात्रै सुत्केरी हुनै लागेकी श्रीमतीलाई घरमा छाडेर धन कमाउने सपना बोकी दुबई पुगेका थिए । तर, उनी कहिल्यै नफर्किने गरी अस्ताएका छन् । उनलाई एजेन्टले दुबई हुँदै उर्गिस्थान लैजाने आश्वासन देखाउँदै ८ देखि १० लाख सम्म खर्च गराएर दुबई पुर्याएको काका अक्कलले बताउनुभयो । उनी ऋण गरेर विदेशीयका थिए ।

सामान्य परिवारका उनी दुई महिना अघि मात्रै सुत्केरी हुनै लागेकी श्रीमतीलाई घरमा छाडेर धन कमाउने सपना बोकी दुबई पुगेका थिए । तर, उनी कहिल्यै नफर्किने गरी अस्ताएका छन् । काका अक्कल भन्नुहुन्छ‘ त्यति धेरै ऋण गरेर दुबई गएका रमेशनै रहेनन, परिवारको आर्थिक अवस्था कमजोर छ । मृत्युको खबरपछि परिवारको अवस्था झनै दयनीय बनेको छ, मैले के भनौं

काका अक्कल भन्नुहुन्छ‘ त्यति धेरै ऋण गरेर दुबई गएका रमेशनै रहेनन, परिवारको आर्थिक अवस्था कमजोर छ । मृत्युको खबरपछि परिवारको अवस्था झनै दयनीय बनेको छ, मैले के भनौं । उनकी श्रीमती सारदा एक महिनाको सुत्केरी छिन् । बुहारी हामीजसरी बोल्न सक्ने अवस्थामा छैनन् । सुत्केरी अवस्थामै रहेर तङग्रिने बेला सम्म पनि भएको छैन । यही बेला यस्तो बज्रपात आइपर्याे । ’ हालसम्म आफ्नै पहलमा चन्दा संकलन भइरहेको र छिमेकी तथा आफन्तहरुबाट साँढे २ लाख रुपैंया जम्मा भएको अक्कलले बताउनुभयो । तर, नेपाल ल्याउनको लागि कति पैसा आवश्यक पर्ने भन्नेमा अझै परिवार जानकार छैनन् । जिरी ९ कै स्थानीय दलबहादुर नेपाली बताउनुहुन्छ ‘ रमेशका दुई छोरा छन्, तर, एक महिने छोराको अनुहार समेत हेर्न नपाएर उनको दुखद निधन भयो ।

रमेशको मृत्युले ५ वर्षीय छोरा र एक महिने छोरा टुहुरो भएका छन् भने सुत्केरी अवस्थामै श्रीमतीले श्रीमान गुमाउनु पर्दाको कष्ट भोगिरहेकी छिन् । रमेशका बुबा आमा पनि छोरोको मृत्युको खबरले संसारै ढले झै छोरोको मृत्युको वियोगमा छन् । उनका बुबा घने दर्जीका ५ छोरा मध्ये रमेश जेठो छोरा थिए । यो सँगै सो परिवारमा घरको जेठो र ठूलो खम्बानै ढलेको छ । अल्पायुमै विदेशमा भएको रमेशको निधनको खबरले परिवार मात्रै नभई टोलछिमेकनै शोकमा परेका छन् । अहिले दुबईमा रहेका नेपालीहरुले पनि रमेशकोे शव नेपालमा पठकाउन पहल गरिरहेका छन् । दोलखाली समाज दुबईका निवर्तमान सचिव लोकप्रसाद दाहालले रमेशलाई नेपालमा पठाउन दुबईमा रहेको नेपालीहरुबाट पहल भइरहेको बताउनुभयो ।

मृतकका काका अक्कलले मृत्यु भएको ११ दिनसम्म विदेशमै शव रहेको भन्दै आर्थिक सहयोगको लागि अपिल समेत गर्नुभएको छ । उहाँले इच्छुक महानुभावहरुलाई आर्थिक सहयोग गरीदिन आग्रह गर्नुभएको हो । मृतकका भाई नवराज नेपाली पनि दुबई मै छन् । उनी पनि दाईसँगै दुवई गएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *