सिन्धुलि का पुर्ब माओवादि  कमाण्डर  बलात्कार आरोप मा पक्राउ

फागुन ७गते :नेपाल समाजवादि पार्टीका केन्द्रिय सदस्य एवं माओवादीको तत्कालीन डिभिजन कमाण्डर हरि श्रेष्ठ पक्राउ परेका छन् । किशोरी बलात्कारको आरोपमा सिन्धुलीको मरिण गाउँपालिका ७ का हरि श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत मंसिर दोश्रो सातातिर बलात्कार भएको भन्ने उजुरी दर्ता भएको छ । उक्त उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट पहिलोपटक म्याद थपेर अनुसन्धान भइरहेको छ । मकवानपुरकी १३ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा पूर्वमाओवादी लडाकु कमाण्डर हरि श्रेष्ठ पक्राउ परेको श्रोतले बतायो ।
जनयुद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोश्रो डिभिजन कमाण्डर थिए । उनी शान्ति प्रक्रिया अघि बढेपछि माओवादी लडाकुलाई राखिएको दुधौली शिविरमा थिए ।(सिन्धुलि साैगात बाट साभार )


Leave a Reply

Your email address will not be published. Required fields are marked *