सिन्धुलि  को मरिण मा मोटोरसाइकल को ट्याङ्की पडकियर आगो लाग्दा एक  घाइते

चैत १३गते :मरिण गाउँपालिका वडा नं. ६ हस्पिटलचौक स्थित नमोबुद्ध मोटरसाईकल वर्कशपमा सोमवार दिउसो ४ बजे मोटरसाईकलको ट्यांकी निकाली उक्त ट्यांककी सफा गर्ने क्रममा ट्यांकी पडकियर एक्कासी आगलागी हुँदा एक जना जना घाइते भएकाछन् ।

मरिण गाउँपालिका वडा नं. ६ बस्ने सुर्यबहादुर गोलेको मोटरसाईकल वर्कशपमा काम गर्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका.७ पंन्थचौरी बस्ने बर्ष अन्दाजी २० को अजय कुमार घिसिङको शरीरमा आगो लागि भई घाईते भएको र घाईतेको शरीरको सम्पुर्ण भागको छाला पोलेको,अबस्था गम्भिर भएको जिल्ला बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।थप उपचार को लागि काठमाडौं लगियकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *