चैत १७गते शनिवार को राशिफल हेर्नुस

मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईले खानपानका कारण स्वास्थ्यमा सामान्य खराबि देखा पर्ने छ। अरुको कुरामा विशेष ध्यान नदिनु होला। तपाऊको मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ। आज खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला। बौद्धिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ ।

बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज ब्यापार ब्यवसायको निम्ति उत्तम समय रहेको छ । तपाईको निर्णय गर्ने क्षामतामा बृद्धि हुनेछ । मित्रजनहरुबाट सहयोग प्राप्त हुनाले तपाईको मनमा प्रशन्नता छाउने छ। आज सामान्य यात्रा रहन सक्छ । तपाईको पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ। आज तपाईको कार्य तपाईको धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ ।

मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज अरुको छिटो विश्वास गर्ने बानिको कारण तपाईलाई सामान्य धोका हुन सक्छ । आज अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । तपाईका कुरा काट्ने ब्यक्तिहरुको बृद्धि हुने योग रहेको छ । आज तपाईका शत्रु सबल रहलान्। तपाईलाई स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ। नयाँ लगानी तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहेको छ ।

कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईको मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ। आज सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको सहयोग प्राप्त हुने देखिन्छ । तपाईका नयाँ कार्यको थालनिले गर्दा तपाईका मन प्रशन्न रहला। तपाईको मन प्रशन्न गराउने समाचार प्राप्त हुन सक्छ। आज अध्ययन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहने योग देखिन्छ ।

सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईका भौतिक श्रोत साधनको प्रयोगले तपाईका मन प्रशन्न रहने योग रहेको छ। तपाईका पारीवारिक सहयोगबाट कुनै पनी काममा विशेष फाईदा हुने योग रहेको छ। तपाईका दाम्पत्य सम्बन्धमा सुधार आउने छ। आज श्रम परीश्रमको कदर नहुनाले तपाईका मनमा सामान्य चिन्ता हुने देखिन्छ। आज सामान्य कार्य सम्पादनमा अधिक परिश्रम गर्नु पर्ने देखिन्छ।

कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज खानपानमा विशेष ध्यान दिनु पर्ने समय रहेको छ। तपाईका कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस देखिन्छ। आज दाजु-भाई बिचको सहयोग प्राप्त हुने देखिन्छ। तपाईको आय आम्दानीमा बृद्धि हुने योग रहेको छ। तपाईका सामान्य यात्रा पश्चात मान सम्मानको प्राप्ति हुन सक्ने देखिन्छ ।

तुला राशिः र, रि, ?, रे, रो, ता, ति, तु, ते – आज तपाईको मान प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ । कुलकुटुम्बहरुको सहयोग राम्रो प्राप्त हुने देखिन्छ । तपाईको खानपानमा विशेष रुची रहने छ। तपाईका मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । नयाँ लगानिका क्षेत्रमा भने समय मध्यम रहेको छ । आज अध्ययन अध्यापनमा समय मध्यम रहने छ ।

बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज मान्यजनको भेटघाटबाट तपाईका मन प्रशन्न रहने योग देखिन्छ। तपाईका मित्रजन तथा दाजु-भाई बिचको सम्बन्धमा सुधार रहने छ। तपाईका सामान्य यात्राको सम्भाबना रहेको छ । आज तपाईका कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला। तपाईको आँट र शाहासको बृद्धि हुने देखिन्छ। तपाईको ब्यापार ब्यवसायमा भने सामान्य ढिलाईको हुने देखिन्छ।

धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज तपाईका विश्वासिलो ब्यक्तिबाट धोकाहुनाले गरिरहेको काममा विशेष झमेला पर्न सक्छ। कुराकाट्ने ब्यक्तिहरुको कारणले सामान्य चिन्ता बढ्न सक्छ। तपाईका दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहेको छ। आज तपाईका आय आर्जनका लागि भने उत्तम समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुने देखिन्छ ।

मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज मित्रजनहरुबाट सहयोग प्राप्त हुनेछ। नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला। तपाईको यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ। सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ। आज गैर ब्यक्तिको पुर्ण विस्वास नर्गनु राम्रो हुने छ । तपाईका कुराकाट्ने ब्यतिहरुबाट बच्नु होला ।

कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईका कार्यसम्पादनमा थोरै झन्झट हुनाले तपाईको मनमा खिन्नता बोध हुने देखिन्छ। तपाइका परिवारका कोही सदस्यहरुको स्वास्थ्य क्षेत्रमा झमेला पर्न सक्छ। तपाईको बौद्धिक विकास तथा विद्या प्राप्ति हुने योग रहेको छ । तपाईका कार्यक्षेत्रको लगनसिलतामा बृद्धि हुनाले तपाईका मान सम्मानको योग रहेको छ। आज तपाईको समय मध्यम रहेको देखिन्छ ।

मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईको मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ। श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ। आज सबारी साधनको प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट उत्पन्न हुन सक्छ। तपाईका शुभचिन्तकहरुको सहयोग प्राप्त हुनाले तपाईका कार्य सहज बन्ने देखिन्छ। आज तपाईका सामान्य कार्य सम्पादनमा अधिक परिश्रम गर्नु पर्ने योग रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *