चैत २१गते बुधवार को राशिफल हेर्नुस
मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको नयाँ कार्य थालनीको योग रहेको छ। भुमि तथा वाहन सम्बन्धी समस्याले सताउने छ। सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने छ साथै सामान्य अपजस खेप्नु पर्ला। तपाईको पारीवारिक स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ। आफन्तजनको सहयोगमा कमी आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ ।
बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईको माल सामान हराउन सक्ने सम्भाबना रहेको छ। आज अपरीचित ब्यत्तिहरुको विश्वासमा नपरेकै राम्रो हुने छ। आज मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुने छन्। तपाईका भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ। तपाईका आटँ शाहसको कमीले कार्यमा ब्यबधान होला। तपाईका प्रतिपक्षीहरु सबल रहनाले तपाईलाई आफ्नो कमजोरीको महसुस हुने छ ।
मिथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज खानपानका क्षेत्रमा विशेष सजग रहनु उत्तम रहने छ। तपाईको मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ। सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेको छ। ब्यापार ब्यवसाय मध्यम रहेको छ । आज साजेदारी काममा लगानी नगरैकै राम्रो हुने छ। तपाईको आफन्तजन बिचको भेटघाटलेतपाईको मन प्रशन्न रहने छ।
कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईको दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ। तपाईको ब्यापार ब्यवसायका निम्ति उत्तम समय रहेको छ। आज तपाईको मानसिक चञ्चलताका कारण तपाईले गरिरहेको कार्यमा सामान्य ढिलाईको सम्भावना रहेको छ। तपाइका आर्थिक क्षेत्र मध्यम रहने छ। आज दाजुभाई तथा मित्रजनहरु सँगको सम्बन्ध टाढिन सक्छ। तपाईको परीवारका कोहि सदस्यहरुको स्वास्थ्यमा खराबी आउन सक्ने छ।
सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईको स्वास्थ्यको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ। तपाईका कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुने छ। तपाईका प्रतिपक्षीहरु सवल रहनाले तपाईले गर्ने कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्ने छ। तपाईका मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहने छ। तपाईका शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुने छ। तपाईका सामान्य आर्थिक अभाव झेल्नु पर्ला ।
कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – अध्ययन अध्यापनका निम्ति अधिक तपाईका श्रम ब्यतित गर्नु पर्ने समय रहेको छ। तपाईका बौद्धिक ब्यत्तित्वहरुको सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेको छ। तपाईका नयाँ लगानिमा उत्तम समय रहेको छ। तपाईको मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ। तपाईको यात्रा फाईदा मुलक हुन सक्ने सम्भाबना रहेको छ। आज तपाईका निर्णय गर्ने क्षमतामा बृद्धि हुने छ ।
तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईको भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला। तपाईको कार्यक्षेत्रको सामान्य त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेको छ। तपाईको ब्यापार ब्यवसायमा समय मध्यम रहने छ। तपाईको मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ। आज प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला। तपाईको स्वास्थ्य सम्बन्धी सामान्य समस्याले तपाईको मनमा तनाब उत्पन्न गराउन सक्ला ।
बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज तपाईका अधिक आत्मबिश्वास तथा घमण्डका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्ने छ। आज अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्ने छ।मान्यजनको सहयोगमा गरिएको कार्यले दिगो फाईदा दिलाउने छ। तपाईका पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।
धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज अनावश्यक खर्चको सम्भाबना रहेको छ। तपाईको खानपानको कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ। तपाईको पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ। तपाईको शारीरिक आलस्यातले गर्दा गरिरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला। आज खानपानमा विशेष ध्यान दिनु पर्ने समय रहेको छ ।
मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाईको अधुराकार्य सम्पादनका निम्ति समय उत्तम रहने छ। तपाईको शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहने छ। तपाईको पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने छ। तपाईको जीबन साथीको सहयोगमा गरिएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने छ। अन्य ब्यक्तिको पूर्ण विश्वास नगरेको राम्रो हुने छ।
कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईका नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्ने छ। तपाईको झुटा आरोपको सम्भाबना रहेको छ। तपाईका स्वास्थ्य क्षेत्रको समस्या जटिल बन्ने योग रहेको छ। तपाईका स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ विशेष ध्यान दिनु होला। आज तपाईले अरुको कुरामा विशेष ध्यान नदिएको राम्रो हुने छ ।
मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईका शुभचिन्तकहरुको सहयोगमा आर्थिक क्षेत्र सबल बन्ने छ। तपाईका पुराना मित्रजन सगँको भेटघाटले तपाईको मन हर्षित रहने छ। तपाईको बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेको छ। आज तपाईका आय आर्जनमा बृद्धि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ। तपाईको बौद्धिक क्षेत्रको विकासले तपाईको मान सम्मानमा बृद्धि हुने योग रहेको छ।