छोरा को कुटपिटि बाट बाबु को ज्यान गयो

चैत २७गते :संखुवासभाको पाँचखपन नगरपालिका– २ गैरीगाउँमा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ।

सोमबार साँझ साढे ६ बजे ५० वर्षीय युवराज राई र उनका छोरा २८ वर्षीय सुमन राईबीच सामान्य घरायसी विषयमा विवाद भएको थियो। विवादका क्रममा सुमनले शरीरको विभिन्न भागमा कुटपिट तथा ढुंगाले टाउकोमा प्रहार गर्दा युवराज गम्भीर घाइते भएका थिए।

 

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएकोमा उनको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *