पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर तीन रुपयाँले वृद्धि

बैशाख ३गते :नेपाल आयल निगम लिमिटेडले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर तीन रुपयाँले वृद्धि गरेको छ ।

मूल्यवृद्धि पछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७८ रुपैयाँ र डिजेल तथा मट्टितेल समान एक सय ६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

 

सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद दर आउँदा पेट्रोल दुई रुपैयाँ ९६ पैसा र डिजेल तीन रुपैयाँ ४६ पैसा प्रतिलिटर बढेर आएकाले निगम संचालक समितिबाट मूल्यवृद्धिको निर्णय गरिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *