डियूटि मा रहेको प्रहरी माथि बन्चरो प्रहार घाईते प्रहरी को उपचार काठमाडौं मा हुदै
बैशाख ८गते :दोलखाको शैलुङ गाउँपालिकाको बागखोरमा डियूटीमाखटिएका प्रहरी हवल्दारमाथि बन्चरोप्रहार भएको छ।
बागखोर बजारमा डियूटीमा खटिएका प्रहरी हवल्दार दिपक चौधरीमाथिस्थानीय विजय नेपाली भनिने ज्ञानवहादुर दासले बन्चरो प्रहार गरेका हुन् ।बन्चरो प्रहार बाट गम्भीर घाइते भएका प्रहरी हवल्दार चौधरीलाई थपउपचारका लागि काठमाडौँ रिफर गरिएको छ । जिल्ला प्रहरी कार्यलायदोलखाका प्रहरी निरीक्षक शरण महर्जनले डियूटीमा रहेका चौधरीमाथिज्ञानबाहदुरले बिनाकारण बन्चारेले प्रहार गरेको र उनको शरीरमा गहिरोचोट लागेको जानकारी दिनुभयो । रौतहटको चन्द्रनिगापुर स्थायी घर भएका ४० बर्षीय चौधरी बाघखोर प्रहरी चौकीमा कार्यरत थिए ।
बन्चरो प्रहार गर्ने अन्दाजी ५५ बर्षीय ज्ञानबहादुरलाई प्रहरीले प्रक्राउ गरीचरिकोट ल्याएको छ । बागखोर बजारमा टेलर सञ्चालन गर्दै आएकादासले प्रहरीलाई आक्रमण गर्नुको कारण खुलेको छैन । स्थानीयकाअनुसार आर्थिक मन्दीसँगै व्यापारमा गिरावट आएपछिज्ञानबहादुर डिप्रेसनमा थिए । दासको गय राति श्रीमतीसंग झगडा समेत परेको स्थानीयले बताएका छन् ।