सिन्धुलि मा आगलागि हुदा ४घर जलेर नष्ट
बैशाख १२गते :सिन्धुलीमा मंगलबार आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं.६ गैरीगाँउ स्थित बलेनी सामुदायिक बनमा लागेको आगोबाट तीनजना स्थानीयको चारवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले बताउनुभयो ।
साँझ ५ बजेदेखि वनमा लागेको आगोलाई स्थानीय, प्रहरी र दमकलको सहयोगमा झण्डै पाँच घण्टापछि पुर्ण रुपमा नियन्त्रणमा लिइएको थियो । उक्त आगलागीबाट मानबिय, चौपाय क्षति नभएपनि झण्डै २० लाख रुपैँया बराबरको क्षति भएको छ ।
आगलागी हुँदा गोलन्जोर गाउँपालिका ६ गैरीगाँउका ६७ वर्षिय बेद कोईरालाको ढुंगा, माटो र काठले बनेको जस्ताले छाएको घर र ढुंगा माटोले बनेको जस्ताको छानो भएको गोठ पुर्ण रुपमा जली नष्ट भएको छ । उहाँको अन्दाजि सात लाख रुपैँया बराबरको क्षति भएको डिएसपि खड्काले बताउनुभयो ।
त्यस्तै, सोहि ठाउँका ६५ वर्षिय ईन्द्र लाल श्रेष्ठको खरले छाएको, ढुंगा, माटोले बनेको घर जली पुर्ण रुपमा नष्ट भएको छ । उहाँको अन्दाजि चार लाख रुपैँया बराबरको क्षति भएको छ । त्यसैगरि, ४४ वर्षिय तिलक लाल श्रेष्ठको खरले छाएको, ढुंगा, माटो र काठले बनेको २ तले २ वटा घर जली पुर्ण रुपमा नष्ट हुँदा अन्दाजि आठ लाख ५० हजार रुपैँया बराबरको क्षति भएको छ । सिन्धुलि साैगात बाट साभार