अब छापिने एक सय  को नयाँ नोट मा नयाँ नक्सा राखिने

बैशाख २२गते :सरकारले अब छापिने एक सय रुपैँयाको नोटको अग्र भागमा नेपालको नयाँ नक्सा राख्न स्वीकृति दिएको छ । मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयको सिफारिसमा नोटको डिजाइन परिवर्तन गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

हाल चलन चल्तिमा रहेको एक सय रुपैया दरको नोटको अग्रभागमा रहेको नेपालको पुरानो नक्साको ठाँउमा नयाँ चुच्चे नक्सा राखी डिजाइन परिमार्जन गर्न स्विकृति प्रदान गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *