अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ को पहलमा पेट्रोल पम्म को मदुर को श्रीमति ले पाईन साडे तेह्र लाख क्षतिपूर्ति
अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघको पहलमा सामाजिक सुरक्षा कोष आश्रित परिवार सुरक्षा योजना अन्त्तरगत पीडित शान्ति मगरलाई तेह्र लाख पचास हजार दिलाउन सफल भएको छ ।
चापागाउँ दोबाटो ललितपुरमा रहेको महालक्ष्मी बिश्वकर्मा ट्रेडर्स योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत नहँुदा उक्त रकम तिर्न संचालक बाध्य भएका छन ।
बिगत १७ बर्ष पहिले अरुण गाउँपालिका–२ भोजपुर स्थाई घर भएका प्रेमबहादुर श्रेष्ठ रोजगारीको सिलसिलामा महालक्ष्मी बिश्वकर्मा पम्पमा कार्यरत रहेका थिए ।
कार्यक्षेत्रमा काम गर्दा गर्दै बिरामी भै पाटन अस्पताल ललितपुर पुगेको प्रेमबहादुर श्रेष्ठको उपचारको क्रममा निधन भएको थियो । प्रेमको श्रीमति शान्ती मगर, एक छोरी र छोरा रहेका छन ।
नेपाल सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य गराएता पनि पेट्रोलियम छेत्रमा न्यून मात्रामा मात्र लागू गरेका छन् । सामाजिक सुरक्षा कोषबाट पाउँने सुबिधाबाट बन्चित पेट्रोलियम तथा ग्यास श्रमिकहरु आन्दोलनको तयारीमा रहेको संघका केन्द्रिय उपमहसचिब जगत श्रेष्ठले बताएका छन ।
हामी वास्तविक श्रमिकहरुको अबस्था बुझ्न प्रत्येक पम्प प्रतिष्ठानमा पुगि रहेका छौ, न्युनतम वेतन, सामाजिक सुरक्षा कोष लागू गर्न जस्तोसुकै कदम उठाउन संघ तयार रहेको उनले बताए ।
हालसम्म काठमाण्डुका १५ र ललितपुरमा १ वटा मात्र पम्प सुचिकृत छन् अझै पनि संचालकहरु सुचिकृत नहुने हो भने सबै पम्प प्रतिष्ठान विरुद्ध कानुनी उपचारमा लाग्ने उनले बताएका छन ।
क्षतिपूर्तिबापत १३ लाख पचास हजार मृतक मजदुर परिवारलाई दिलायो
काठमाण्डु टुडे२०८१ जेठ ४ गते १८:२२ मा प्रकाशित
38 0 0
काठमाण्डु, ३ जेठ– अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघको पहलमा सामाजिक सुरक्षा कोष आश्रित परिवार सुरक्षा योजना अन्त्तरगत पीडित शान्ति मगरलाई तेह्र लाख पचास हजार दिलाउन सफल भएको छ ।