मरिण गाउपालिकाले स्नातक तह उत्तिर्ण गर्ने २ जना किशोरीलाई एकएक लाख रुपैया प्रदान
सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक तह उत्तिर्ण गर्ने २ जना किशोरीलाई एकएक लाख रुपैया प्रदान गरेको छ । बालविबाह न्युनिकरणका गर्ने उदेश्यले स्नातक तह उत्तीर्ण गरि विहाह गर्ने पालिकाको निति कार्यक्रम अनुसार २ जना किसोरीलाई एकएक लाख रुपैया प्रदान गरिएको हो ।
रकम पाउनेमा मरिण गाउँपालिका ४ की मेलिना माझी र मरिण गाउँपालिका ७ की टिका कुमारी श्रेष्ठ रहेका छन् । मरिण गाउँपालिकाको आर्थिक बर्ष २०८०÷८१ को बार्षिक बजेट तथा स्वीकृत कार्यक्रम अन्तर्गत स्नातक तह उत्तीर्ण गरि विवाह गर्ने किशोरी तथा बिवाहित महिलालाई प्रोत्साहन गर्न रकम वितरण गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले जानकारी दिनुभयो ।
त्यस्तै बर्तमान मरिण सरकारको आधार बर्ष २ बर्ष पुगेको अवसरमा पालिकाको उल्लेखनिय कार्यहरुको प्रस्तुतिकरण गरिएको छ । गाउँपालिका बाट २ बर्षमा सम्पन्न १ सय २१ वटा योजनाहरु गाउँपालिका अध्यक्ष मुक्तानले प्रस्तुत गर्नुभएको छ ।