बस पार्क मा नाबालिका लाई याैन धन्दा लगाउने दुइ महिला पक्राउ

नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा दोलखाको एक सहित दुई युवती पक्राउ परेका छन् ।

दोलखाको जिरी नगरपालिका ९ की २५ वर्षीया मञ्जु भनिने सिर्जना तामाङ घिसिङ र नुवाकोट घर भएकी २६ वर्षीया निशा भनिने रमिला नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले काठमाडौँको मित्रपार्कमा स्वागतम रेष्टुरेन्ट एण्ड बार सञ्चालन गरि नाबालिकालाई यौन क्रियाकलापमा लगाउने गरेको पाईएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । दुवै जनालाई मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले मित्रपार्कबाट पक्राउ गरेको हो ।

उनीहरुले आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई वेटरको काम भन्दै जबरजस्ती यौन क्रियाकलापमा लगाउने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुविरुद्ध मानव बेचविखन तथा ओसारपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *