नेपाल बाल संगठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा तिन जाना पक्राउ

असार  १३गते :नेपाल बाल संगठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हालसम्म तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्यसमेतका नाममा जिल्ला अदालत काठमाडौँले गएको वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो ।

उक्त प्रकरणमा २० जनाका नाममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, ‘अदालतबाट २० जनाका नाममा पक्राउ पुर्जी जारी भएको थियो, अहिलेसम्म तीन जना पक्राउ परेका छन्, अनुसन्धान जारी छ ।’

अदालतबाट पक्राउ पुर्जी जारी भएकामध्ये हालसम्म बाल संगठनका तत्कालिन महासचिव गणेशभक्त श्रेष्ठ, तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ तथा संगठनका तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह पक्राउ परेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *