राजधानी को सडक भासिदा बाईक ११फिट गईराे मा छिर्यो
असार १९गते :सोह्रखुट्टे–बालाजु सडक भासिएको छ । आज (बुधबार) बिहान काठमाडौ महानगरपालिका १६ नयाँबजारको कुमारी टोलको गेट अगाडि सडकमा झण्डै ११ फिट गहिरो खाल्डो परेको हो । आज बिहान करिब ६ बजे काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा पठाओ चालक विकास शाक्यको बा ५० प ३८२ नम्बरको मोटरसाइकल समेत खसेको थियो । मोटरसाइकलमा दुई जना सवार रहेको उनीहरू सकुशल बाहिर निस्किएका थिए। खाल्डोमा परेको मोटरसाइकल पूर्ण रूपमा डुबेको थियो। खाल्डोमा डुबेको मोटरसाइकललाई क्रेनबाट केहीबेरअघि निकालिएको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ। सडक भासिएर जमिनमुनीबाट पानी आइरहेको छ। प्रहरीका अनुसार पानी ढल फुटेर आएको हो कि अरू नै हो भनेर बुझ्ने प्रयास भइरहेको छ। महानगरले मोटर प्रयोग गरेर त्यहाँको पानी निकालिरहेको छ।