रोसि खोलाले बगाउदा २जाना को मृत्यु
असार २२गते :काभ्रेमा खोला तर्ने क्रममा बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रोशी गाउँपालिका ११ स्थित भ्याकुरे खोला तर्ने क्रममा बगाएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
मृत्यु हुनेमा रोशी गाउँपालिका ११ की ६५ वर्षीया जालमाया रुजालमगर र उनकी भदैनी ५ वर्षीया सेतीमाया रुजालमगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार, शनिबार साँझ ७ बजेतिर भ्याकुरे खोला तर्ने क्रममा उनीहरुलाई बगाएर करिब ९ सय मिटर तल पुर्याएको थियो ।