भालु को आक्रमण मा परि एक महिला घाईते

असार दाङमा भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते हुनुभएको छ । लमही नगरपालिका–६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जंगली च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट देउपुर निवासी ४६ बर्षिय सहरी घर्ती गम्भिर घाईते हुनुभएको हो ।

आज विहान करिब साढे पाँच बजे जंगली च्याउ टिप्ने क्रममा उहाँलाई भालुले आक्रमण गरेको थियो । अनुहारमा गम्भिर चोट लागेको छ भने दुवै हात भाँचिएको छ । घाईते घर्तीको लमही अस्पतालमा प्राथमिक उपचारपछी थप उपचारको लागी बुटवल लगिएको छ ।

घर्ती चार-पाँच जनाको समुहमा च्याउ टिप्न जंगल जानुभएको थियो । उहाँका दुई जना साथिलाई भालुको नंग्रा लागेको भएपनि भाग्न सफल भएको नेपाल सशस्त्र प्रहरी ४१ नं. रिजर्भ गण अर्जुन खोलाका प्रहरी नायव निरिक्षक प्रकाश ढकालले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *