सुकुम्बासि  लाई  नदि किनार बाट हटाउन अदालत बाट बाटो खुल्यो

साउन २गते :
सर्वोच्च अदालतले काठमाडौंस्थित नदी किनारका सुकुम्बासीलाई अपार्टमेन्टमा सारेर र राहतस्वरुप नगद दिएर नै खाली गराउन आदेश दिएको छ ।

मंगलबार आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले काठमाडौंमा सरकारी जग्गा ओगटेर बसेका सुकुम्बासीलाई केहि रकम दिएर भएपनि जग्गा खाली गर्न आदेश दिएको हो

यसका साथै,सर्वोच्च अदालतले उक्त स्थान नपुगे आवश्यक संख्यामा अन्यत्र आवास निर्माण गर्न र ती स्थानहरुमा जान नचाहने तत्काल वैकल्पिक व्यवस्था नभएका वास्तविक सुकुम्बासीहरुको हकमा स्थानान्तरणको सहजिकरणका लागि तत्काल राहतको रुपमा नगद प्रदान गरी अतिक्रमण हटाउन आदेश दिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *