सिन्धुलि को मदनभण्डारी राजमार्ग मा दुर्घटना हुदा २घाईते

साउन ३गते :मदनभण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी ३ साढेमा बाईक दुर्घटना हुदा दुई जना घाइते भएका छन्। सिन्धुलीको हरिहरपुरगढी ३ बनौली देखि हेटौडा तर्फ जादै गर्दा बाईक दुर्घटना भएको हो। बुधबार साझ ६ बजे बा ४४ प ८७४ नम्बरको १५० सि.सि. पल्सर मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा हरिहरपुरगढी ३ बनौली बस्ने ३५ बर्षको शुकदेब भोलन घाइते भएका हुन् उनको शरिरको बिभिन्न भागमा चोट, अबस्था मध्यम र चालक पछाडी सवार ४० वर्षका अम्बर घलानको टाउकोमा चोट,अनुहार र निधारमा चोट अबस्था-मध्यमरहेको छ घाइते दुबैलाई उपचारको लागि मकवानपुरको हेटौडा तर्फ पठाईएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *