बालिका बलात्कार आरोप मा एक पुरूष पक्राउ

साउन ७गते :सल्यानमा पाँच वर्षिया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका-१ का वर्ष ३८ का ताराबहादुर घर्तिलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

टेलिभिजन हेर्न आएकी बालिकालाई घरमा कोही नभएको र बत्ती गएको मौका छोपी घर्तिले गत असार ८ गते बलत्कार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रेसमबहादुर खत्रीले बताए । घर्तिलाई काभ्राबाट पक्राउ गरिएको हो ।

‘उपचार गर्ने क्रममा बालिकाले यौनाङ दुख्छ भन्न थालेपछि डाक्टरलाई जाँच गराउँदा बलात्कार भएको खुल्न आएको थियो’ उनले भने । पक्राउमा परेका घर्तिलाई जिल्ला अदालत सल्यानबाट सोमबार नै पाँच दिनको म्याद थप अनुसन्धान भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *