बागमति प्रदेश को मुख्य मन्त्रि मा  बहादुर सिंह लामा नियुक्त

साउन ८गते :वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा (तामाङ) नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार साँझ नेपाली कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्ति गरेको पत्र हस्तान्तरण गर्दै कार्यकाल सफलताको शुभकामनासमेत दिएका थिए ।

माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै वाग्मतीमा कांग्रेस–एमालेको सरकार निर्माण भएको हो । मंगलबार बिहान कांग्रेस र एमालेका ६४ सांसदको हस्ताक्षरसहित लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

 

Advertisement

प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री दाबीका लागि आज साँझ ५ बजेसम्मको समयसीमा तोकेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *