सिन्धुलि प्रहरी द्वारा चोरि को मोटर साईक सहित दुई जाना पक्राउ
सिन्धुली प्रहरीले चोरीको मोटरसाइकल सहित २ जनालाई नियन्त्रणमा लिएको छ । वि.पि. राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका १ स्थित आँपघारी बाट २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
नियमित चेकजाँज गर्ने क्रममा काभ्रे बाट सिन्धुली तर्फ आउदै गरेको सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १४ का २५ बर्षिय गौरब तामाङले चलाएको बा.प्र. ०२–०५० प ७१८८ नं. को मोटरसाइकल अनुसन्धान गर्दा गएको ७ गते काठमाडाँैको टोखा बाट चोरी भएको भन्ने खुलेपछि मोटरसाइकल सहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक तामाङ सहित मोटरसाइकलको पछाडी सवार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ५ का २६ बर्षिय रोशन मोक्तान लाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई आवश्यक कारवाहिको लागि प्रहरी बृत्त महाराजगंज पठाइएको प्रहरीले जनाएको छ ।