बङ्गलादेश कि प्रधानमन्त्री ले राजिनामा दियर भारत गय

साउन २१गते :बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर भारततर्फ भाग्नुभएको छ । देशमा प्रदर्शन चर्किँदै गएपछि उहाँले आज दिउँसो राजीनामाको घोषणा गरेर हेलिकप्टरबाट भारत पुग्नुभएको हो । उहाँ भारत भागेपछि सेना प्रमुख जनरल वकेर-उज-जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गर्नुभएको छ ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानसेनापति उज्जामनले अन्तरिम सरकार गठन हुने घोषणा गर्नुभएको हो । उहाँले राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग छलफल गरेर आजै समाधान गर्ने बताउनुभएको छ । तर सरकारको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट भएको छैन ।

राजीनामा दिएलगत्तै हेलिकप्टर चढेर भागेकी शेख हसिना भारतको त्रिपुरा राज्य पुग्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । आन्दोलनकारीले प्रधानमन्त्रीकै निवासमा प्रवेश गरेर प्रदर्शन गरेपछि बहिनीलाई सँगै लिएर उहाँले देश छाड्नुभएको हो । शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर भागेपछि प्रदर्शनकारीहरूले विजयी उत्सव मनाइरहेका छन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री आवासमा लुटपाटसमेत गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *