सिन्धुलि मा करेन्ट लागेर एक जाना को मृत्यु
साउन २१गते :सिन्धुलीमा करेन्ट लागेर एक जनाको यूवकको मृत्यू भएको छ । आइतबार माछा मार्ने क्रममा करेन्ट लागेर दुधौली नगरपालिका–१ गिच्यानीका २७ वर्षीय नविन धामी दनुवारको मृत्यूभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको अनुसार स्थानीय बंका खोलामा माछा मार्न नविन धामी र सोही ठाउँका ५० वर्षीय जंगबहादुर धामी र ५१ वर्षीय ईन्द्र सापकोटा विद्युतीय तारको प्रयोग गरी माछा मार्न गएका थिए । माछा मार्न गएका नविन धामी करेन्ट लागेर गम्भीर घाईते भएपछि दुधौली नगर अस्पताल सिर्थौली पु¥याइएकोमा केही समयमै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक सव पोष्टमार्टम पश्चात परिवारलाई बुझाइएको र घटनाबारे थप अनुसन्धान भईरहेको छ ।