चालक अनुमतिपत्र (लाइसेन्स) को सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी

साउन ३१गते :सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको छ । त्यसका लागि सवारी चालकले राष्ट्रिय परिचयपत्र वा नम्बर भनेका आधारमा ट्राफिक प्रहरीले विशेष किसिमको डिभाइसमार्फत् सवारी लाइसेन्स भए/नभएको बारे पत्ता ल

यो नियम लागू गर्ने अन्तिम तयारी रहेको यातायात व्यवस्था विभागले जनाएको छ । यससम्बन्धमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच बुधबार समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

यो व्यवस्था लागू भए अब छुट्टै लाइसेन्स बोकेर हिँड्न नपर्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । ‘लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्न गृह मन्त्रालयले निर्णय गरेर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ,’ रिजालले भने, ‘ट्राफिक प्रहरीलाई लाइसेन्स जाँच्ने मोबाइल डिभाइस दिइएपछि राष्ट्रिय परिचयपत्र नम्बर भन्दा पुग्नेछ । त्यही एमओयूमा लाइसेन्सको प्रयोगसम्बन्धी व्यवस्था उल्लेख छ ।’ राष्ट्रिय परिचयपत्रबाटै नागरिकहरूले लाइसेन्सको सेवा लिन सक्ने उनको भनाइ छ । राष्ट्रिय परिचयपत्रको नम्बर भए सवारी चालक अनुमतिपत्र नवीकरण गरिसकेपछि पनि छुट्टै लाइसेन्स नचाहिने उनले जनाए ।

 

‘यसका लागि दुवै विभागले सहकार्य र समन्वयमा प्रणाली (सिस्टम) को विकास गर्नेछन्,’ रिजालले भने, ‘राष्ट्रिय परिचयपत्र नम्बर वा छुट्टै जारी गरिएको क्यूआर कोडमार्फत लाइसेन्स हेर्न मिल्ने प्रणालीको स्थापना, परीक्षण र सञ्चालन गरिनेछ ।’ केही समयभित्रै लाइसेन्स बोकेर हिँड्नु नपर्ने गरी नियम लागू गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीले जनाए ।

‘यातायात व्यवस्था विभागसँग एमओयू भएकाले चाँडै यो कार्यान्वयनमा आउनेछ,’ उनले भने । ट्राफिक प्रहरीलाई लाइसेन्स जाँच गर्न आवश्यक मोबाइल डिभाइसहरू किन्दै लगिने महानिर्देशक रिजालले बताए । ‘डिभाइस किन्न प्रदेश मन्त्रालयहरूसँग पनि कुरा गर्छौं,’ उनले भने, ‘गृह सचिवले सार्वजनिक यातायात प्राधिकरणमा केही बजेट रहेको र त्यसबाट डिभाइस किन्न सकिने बताउनुभएको छ ।’#पत्रपत्रिका #कान्तिपुर बाट#


Leave a Reply

Your email address will not be published. Required fields are marked *