नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा पठाउन अदालतले आदेश

भदाै २गते :नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

यसअघि शुक्रबार वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले झाको तर्फबाट बहस गर्नुभएको थियो ।

जाहेरवालाको तर्फबाट पनि कानुन व्यवसायीले बहस गर्न खोजेपछि न्यायाधीश केसीले इजलासमा मुद्दा हेर्दाहेर्दैमा राख्नुभएको थियो ।

शरणार्थी प्रकरणमा पक्राउ परेका बेचनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी बनाईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *