सल्यान र सिन्धुलि मा चट्याङ लागेर दुई जाना को मृत्यु दुई  घाईते

भदाै११गते:चट्याङ लागेर सल्यानमा विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दलबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी स्थानीय कालीदेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् । चट्याङ लागेर गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।

घरनजिकै गाईबाख्रा चराउन गोठालो गएको समयमा सोमबार बेलुकी चट्याङ लागेर उनी घाइते भएका थिए । मृतकको शव पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ ।

सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार हरिहरपुरगढी गाउँपालिका ३ माडीमा धान गोड्ने क्रममा चट्याङ लागेर हरिहरपुरगढी गाउँपालिका १ शिखरकी ४० वर्षिय छलिमायाँ थिङको मृत्यु भएको हो । खेतमा धान गोडि रहनुभएको थिङको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो ।

चट्याङ लागेर सोहि खेतमा धान गोडिरहेका दुई जना घाइते भएका छन् । हरिहरपुगढी गाउँपालिका १ शिखरकी ४० वर्षिय लुकुमाया रुम्बा र उहाँको १८ वर्षिय छोरी सुसिला रुम्वा घाइते भएको प्रहरी प्रमुख काफ्लेले बताउनुभयो । घाइतेको मकवानपुर स्थित लामा पोलिक्लिनिक्समा उपचार भइरहेको उहाँले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *