खुकुरि प्रहार गर्दा छोरि को मृत्यु आमा घाईते प्रहरी द्वारा एक जाना पक्राउ
भदाै१२गते :सुनसरीको धरानमा खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सङ्खुवासभा खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बविन बराल पक्राउ परेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
बरालले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा धरान २ का ३३ वर्षीया सिर्जना साहीकी १४ वर्षीय छोरी इनिसा साहीको मृत्यु भएको छ भने आमा सिर्जना घाइते भएको उपरीक्षक भण्डारीले बताउनुभयो ।
खुकुरी प्रहारबाट आमाछोरी घाइते भएकामा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।