साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जित्यो

भदाै १२गते :

साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । सादोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको फाइनल खेलमा घरेलु राष्ट्र नेपाललाई ४-१ ले हराउँदै बंगलादेशले उपाधि हात पारेको हो ।

यसअघि भएको समुह चरणको खेलमा भने नेपालले बंगालादेशलाई पराजित गरेको थियो । गत भदौ ६ गते भएको समूह चरणको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

फाइनल खेलमा भने बंगलादेशले पुरानो नतिजा नतिजा उल्ट्याँउदै उपाधि जित्न सफल भयो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *