नेकपा माओवादि केन्द्र को पेट्रोलियम तथा ग्यास उपशाखा भेला सम्पन्न
भदाै १३गते
नेकपा माओवादी केन्द्र पेट्रोलियम तथा ग्यास उपशाखाको भेला सम्पन्न भएको छ शाखा अध्यक्ष राजकुमार महर्जनको अध्यक्षतामा शाखा ईन्चार्ज शिव पोख्रेलको प्रमुख आतिथ्य तथा महाशाखा सदस्यहरू चिज ढकाल,जगत श्रेष्ठ, शाखा कमिटी सचिव नबराज भट्ट लगायतको अतिथ्यतामा भेला सम्पन्न भएको
भेलाले नबराज प्रसाईको अध्यक्षतामा ९ सदस्य कार्यसमिति निर्बाचित गरेको छ जसको उपाध्यक्षमा सानुवावु खत्री, सचिव भगवान भट्ट, कोषाध्यक्ष श्रीधर पोख्रेल र सदस्यहरू गणेश सापकोटा,नारायण भट्ट,अर्जुन पोख्रेल, सन्देश शर्मा,सजिन कार्की,चयन गरेको छ। भेलाले १५ दिनभित्रमा ६ वटा सेल कमिटी गठन गरिसक्ने, पार्टी सदस्यता अपडेट गर्ने, क्यालेण्डरमा व्यवस्था भए बमोजिम बैठकहरु राख्ने, संगठनात्मक संरचनालाई ब्यवस्थित गर्ने तथा पेट्रोलियम शाखाको संचार डेस्कलाई सहयोग गर्ने र श्रमिकका तत्कालीन तथा दीर्घकालीन समस्यालाई क्रमश हल गर्ने, सामाजिक सुरक्षा कार्यन्वयनमा थप योजना र आवश्यक परामर्श गरी अभियान चलाउने लगायतको निर्णय गरेको छ।