अझै पनि फल्न र फुल्न नसकेको नगरपालिका – बुङ्गल
योगेश सिंह / बझाङ – केही दिन अगाडि मात्रै सामाजिक संजालमा बुङ्गल नगरपालिकाका नगरप्रमुख धामी सङ्ग जोडिएको दुई वटा फोन कल अडियो बाहिरिए सङ्गै यति बेला बुङ्गल नगरपालिकाको बिसयलाई लिएर सामाजिक संजाल हरुमा निकै चर्चा चलिरहेको छ । गत भाद्र २६ गते मात्रै बुङ्गल नगरपालिकाका नगर प्रमुख धामीले आफ्नै नगरपालिका वडा नम्बर ८ का एक ब्यक्ति कर्ण बहादुर जाग्री लाई जागिर लगाई दिने भन्दै दुई लाख रुपिया घुस लिएको भन्ने समाचार कामना टेलिभिजन मार्फत प्रसारण भए सङ्गै यति बेला बुङ्गल नगरपालिकाको यो बिसयले सामाजिक संजाल तताएको हो ।उक्त अडियोका बिसयलाई हेर्ने हो भने घुस दिने ब्यक्ती जसलाई जागिर लगाइदिनु पर्ने ब्यक्ति(कर्ण बहादुर जाग्री) ले बुङ्गल नगरपालिका शिक्षा साखामा कार्यरत कर्मचारी सुना कुँवरलाई दुई लाख रुपियाँ दिएको तर कहिले? किन र के का लागि दिएको ? भन्ने कुरा अझै प्रष्ट हुन सकेको छैन ।
बाहिरिएका दुइ अलग अलग अडियो लाई आधार मान्ने हो भने निज सुना कुँवरले कर्ण जाग्री बाट २ लाख लागि त्यसबाट ८० हजार बुङ्गल नगरपालिकाका नगर प्रमुख धामिलाई दिएको खुल्न मा आएको छ । बाकी रकम को भने अझै श्रोत र हिसाब किताब खुल्न सकेको छैन । उक्त अडियोमा मेयर धामी र जाग्रीका बिच पनि लामो सम्बाद भएको र जागिर लगाइदिने देखि नगरपालिकाका आइटिले समेत नगर प्रमुख धामि साथ नदिई उल्टै ४ लाख घुस रकम माग गरेको कुरा प्रष्ट सुन्न सकिन्छ भने रकम लिने सुना कुँवरले आफू लगेको रकम फिर्ता गर्न तयार रहेको पनि खुल्न आएको थियो ।त्यसपछी नगरप्रमुख धामिले कामना टेलिभिजन सङ्गको अन्तरबार्तामा आफुले सुना कुँवर बाट ब्यक्तिगत रुपमा ८० हजार रिण लगेको र उक्त रिण केही दिन पछि तिरिसकेको कुरा खुलाएका थिए । गत भाद्र २९ गते घुस दिएको भनिएका जाग्रीले पनि एक बिज्ञपति निकाल्दै कामना टेनिभिजन बाट प्रसारित उक्त खबर झुटा र भ्रमपुर्ण भएको र बुङ्गलमा कर्मचारी भर्नामा आर्थिक चलखेल भएको भन्ने बिसय सङ्ग आफू र नगरप्रमुख धामीको संलग्नता समेत रहेको भन्ने बिसय झुटो भएको र कर्मचारी सुना कुँवर सङ्ग ब्यक्तिगत लेनदेन रहेको बिसयलाई अनर्गल रुपमा प्रसारण गरेको र आफ्नो र नगर प्रमुख धामिको त्यस्तो कुनै गलत कार्यमा संलग्न नरहेको जानकारी गराएका थिए ।
उक्त बिसय सामाजिक संजालमा बाहिरीए सङ्गै गत सोमबार नेकपा बिप्लब बझाङ द्वारा नगर प्रमुख धामिको कार्यकक्षमा तालाबन्दी समेत गरियो तर प्रहरी प्रसाशन को सहयोग मा उक्त ताला काटिएको थियो । उक्त घटनाको हप्तादिन नपुग्दै बुङ्गल नगरपालिकाको कार्यालय आसपासमा हतियार सहित सुरक्षा कर्मी खटिएको भनेर सामाजिक संजाल र केही अन्य माध्यमहरुमा खबर फैलिए । नभन्दै नेकपा एमाले , नेकपा माओवादी , नेकपा बिप्लब र नेकपा एस लगायतका चार दलले सयुक्त बिज्ञपति निकाल्दै संघर्ष समिती समेत बनाई नाराबाजी सङ्गै सयुक्त आन्दोलन र मेयरको राजिनामाको माग गर्दै नगरपालिकामा तालाबन्दिको प्रयास समेत गरे तर प्रहरी प्रसाशनका अगाडि केही सीप लागेन र फेरि संघर्षका कार्यक्रमहरु जारी राख्ने भन्दै दिन रोकिए । त्यो सङ्गै फेरि माहोल केही शान्त भयो ।
लगत्तै नेपाली काङ्ग्रेस नगर कार्यसमितिका तर्फबाट एउटा बिज्ञप्ति निकालियो जसमा नगरपालिका प्रमुख तथा नेपाली काङ्ग्रेसका नेता जय बहादुर धामी ज्युको ब्यक्तिगत र सामाजिक प्रतिस्ठामा आच आउने गरि केही ब्यक्ति र राजनीतिक दलमा आबद्द ब्यक्तिहरुले जनतामा भ्रम छरेको र नियोजित तरिकाले मेयर धामी र पिडित भनिएका कर्ण जाग्री बिच ब्यक्तिगत लेनदेन भएको कुरालाई जोडि मेयर धामी र नेपाली काङ्ग्रेस पार्टीलाई बदनाम गर्ने कोसिस भएको ले भ्रममा नपर्न सबैलाई अनुरोध गरिएको कुरामा जोड दिइएको थियो ।
यति बेला बुङ्गल नगरपालिकालाई हेर्ने हो भने एकातिर दलिय दोहोरी चलिरहेको छ , अर्कोतिर कहिले जेसिबी बकेट , कहिले कार्यालयको गाडी भित्रको गियर बकस बेचिनु , कहिले अध्यक्ष हरुले नि नगर सभा बहिस्कार गर्नु , कहिले मेयर / उपमेयर बिच मनमुटाव र खिचातानिले चर्चा कमाउनु , कहिले उप सचिबको बिसय ले चर्चा पाउनु । उसो त पटकपटक विभिन्न बहानामा चर्चामा आउनु बुङ्गल नगरपालिकाका लागि कुनै नौलो कुरा त थिएन तर यस्ता हजारौं बिसय हरु गरि पटकपटक बुङ्गल नगरपालिका बिबादित बन्नुमा के नगर प्रमुख धामी र उनको नेतृत्व नै असफल हो त ? के प्रतिपक्ष नै नभएको हो त ? के जनता अझै नबुझेर चुप छन ? के आउदो चुनावमा पनि माहोल यस्तै रहला ? के बुङ्गल फेरियला ? यस्तै यस्तै हजारौं प्रश्नहरु सबैको मनमा आउछन ।
छोटो समयमा धेरै घटनाहरु भए धेरै बिबाद नगर सरकारले खेप्नु पर्यो , राम्रो काम कम र नराम्रा काम धेरै भएकाले पनि आफ्नो गाउँ ठाउँ अनि स्थानीय तहमा बस्ने हरेक जिम्मेवार नागरिकले अहिले सोच्ने कयौं प्रश्न हरु यस्तै यस्तै हुने गर्दछन । सायद बुङ्गलको बारेमा चिन्ता भएको हरेक ब्यक्तिले टाउकोमा हात राख्नु परेको तितो यथार्थ छ ।
बिगत देखि हालको बुङ्गल नगरपालिकाको अवस्था लाई राम्रो सङ्ग मध्यनजर गर्ने हो भने बुङ्गल साच्चिकै फुल्न नपाई ओइलाउन लागेको फुल जस्तै बनेको छ । फुल अनि फुल भित्रका पत्रहरु जब राम्रो सङ्ग फुल्न पाउछ तब असली फुलको उपमा दिइन्छ अन्यथा त्यो फुल नै बन्न सक्दैन ।
हरेक बर्ष जसरी बुङ्गल नगरपालिकामा बजेट आउँछ त्यो कुरालाई आधार मान्ने हो भने धेरै पहिला नै बुङ्गल नगरपालिका सम्पन्न बनिसकेको हुनु पर्ने हो तर बिडम्बना त्यो आएको बजेट चुहावट र मिलेमतो मै हराउन पुगेको छ ।नत त्यस्को सहि सदुपयोग भयो नत जनता खुशी नै भए नत ठाउँ नै सम्मुन्नत भयो । भयो त केवल भ्रस्टाचारमा एक नम्बर , घुसखोरिमा एक नम्बर , ढिलासुस्तिमा एक नम्बर , लाचार र अल्छिमा एक नम्बर ।
बुङ्गल नगरपालिकामा साना देखि ठुला गल्ती सबैबाट हुने गरेकै छन , घुस र गल्ती बाट कोहि कुनै ब्यक्ती र निकाय अछुतो छैन । कहिले एमाले ले गल्ती गर्ने बिज्ञप्ति निकाल्ने , कहिले नेपाली काङ्ग्रेस , गल्ती गर्ने बिज्ञप्ति निकाल्ने , कहिले नेकपा माओवादी गल्ती गर्ने बिज्ञप्ति निकाल्ने त कहिले समाजबादी गल्ती गर्ने र बिज्ञप्ति निकाल्ने । सबै गल्ती गर्ने बिज्ञप्ति निकाल्ने अनि सबै पानी माथिको ओभानो बन्न खोज्ने तर कमजोरी कोहि कसैको नहुने, सुधार कसैले नगर्ने । बुङ्गली जनताले तपाइका गल्तीहरु चाहेका हैनन । बिकास चाहेका हुन । केही फरक कुराको आशा गरेका छन जुन तपाइले पूरा गर्नु पर्नेछ ।
संघीयतामा गयो देश अब केही फरक हुन्छ भन्ने आशा बोकेका हजारौं आशाबादी नागरिकको आशालाई निराशामा नबदल्नुहोस । सबै मिलेर गल्ती पहिचान गर्नु र त्यसको समाधान तिर लाग्नुले बुङ्गलले नंया स्वरुपतिर लिन सक्ने अनुमान सजिलै गर्न सकिने अवस्था छ ।
राजनीतिक खिचातानी र फोटकको मिडियाबाजीले साच्चिकै बुङ्गललाई धेरै पछाडी पारिरहेको छ ।
सरकारको काम हात बाधेर बस्ने हैन जहाँ हजारौं सम्भावना छ्न , जस्ले आफ्नो नगर भरिका नागरिकलाई बिदेशीनु पर्ने बाध्यता अन्त्य गर्न सहयोग गर्छ त्यस्ता सम्भावना हरु खोज्नुहोस हात हाल्नुहोस , साना तिना पाटी पौवा मन्दिर , आसेपासे योजना छोड्नुहोस ठुला ठुला आयोजना बनाउनुहोस जस्ले तपाईलाई सयौं बर्ष याद गरोस । जस्ले अहिले भन्दा पनि भोलि राम्रो निम्त्याउछ , जुन कुरा ले अहिले को पुस्ता भन्दा पनि भोलीको पुस्ताले वाहावाहि गर्ने छ त्यस्ता काम , त्यस्ता बिसय र त्यस्ता समस्याहरुको समाधान तिर लाग्न सक्नु नै बुङ्गलका लागि अहिले एकदमै ठूलो सफलता हुन सक्छ ।
बुङ्गल यस्तो ठाउँ हो जहाँ हजारौं सम्भावनाहरु छन ,अरबौका सम्पत्ति बुङ्गलमा मात्रै छन तर तिनको अझै स्थानीय सरकारले पहिचान गर्न सकेको छैन ।
यहाँ करोडौं रकम राजस्व बाट मात्रै भित्र्याउन सकिन्छ जुन अहिले सम्म नगरपालिकाले उठाउन सकेको छैन , यहाँ अरबौका खानिहरु छन जुन उत्खनन सङ्गै ब्यवस्थापनको अभावमा बिलिन छन , यहाँ खरबौका प्राकृतिक सम्पदा र बनस्पति छन जुन बजारीकरण र भन्डारणको समस्या भएर लुकेका छन । यहाँ यस्ता अनगिन्ती बहुमुल्य बस्तुहरु छन जुन श्रोत साधन र सदुपयोग नहुदा बिचमै हराउन पुगेका छन । जनता मूल्य वृद्धि ले पिल्सिएका छन , दशैको बेला समेत सडेगलेका खाधान्न मै गुजारा गर्न ब्यस्त छन न कहिल्यै बजार अनुगमन हुन्छ न मूल्य निर्धारण नै हुन्छ , सडक एक पिच बन्छ तर एक बर्ष नि चल्दैन आधा बर्ष मै भत्किन्छ , एउटा हस्पिटल, एउटा नगर भवन बन्न नै ५ देखि ६ बर्ष लाग्छ , यहाँ हजारौं समस्या का बिच पनि हातमुख जोर्न धौ धौ गरेर नि बाचिरहेका छन मान्छे हरु ।
नगर भरिका कयौं मान्छेहरु ले धेरै किसिमका समस्या भोग्नु परेको छ जुन अझै पनि नगर सरकारको नजर भन्दा बाहिर छन ।
बुङ्गल नगरपालिकामा भ्रष्टाचार हुन्छ तर मेयरका कारण भयो, उपमेयरका कारणले भयो, प्रमुख प्रशासकीय अधिकृतका कारणले भयो भन्यो फलानो दलले गर्यो फलानो पार्टीले गर्यो यो खतम त्यो खतम भन्दा पनि हामी खतम हौ भन्ने कुरा महत्त्वपूर्ण पुर्ण हुन आउँछ । राजिनितिक खिचातानी र मनमुटाव समस्याको समाधान हुनै सक्दैन । यहाँ गल्ती सबैका छन एक जना आउँछ घाँटी सुक्ने गरि कराउछ उस्ले बिकास गरेन यस्ले बिकास गरेन सुनाउँछ अन्तमा १/२ लाखको योजना उसैको नाममा आउँछ अनि तै चुप मै चुप । झोले प्रबृत्ति र कार्यकर्ता पालनपोसण पनि बुङ्गल नगरपालिकाको मुख्य समस्याको रुपमा हेर्न सकिन्छ ।
यदि चुनावी एजेन्डाहरुलाई एक चोटि सरसर्ती याद गर्ने हो , यदि निर्वाचन जिते पछि खाएको सपथ याद गर्ने हो , यदि निस्वार्थ र जनभावना अनुरुप काम गर्ने हो भने बुङ्गल अझै फक्रीन सक्छ अनि फुल्न सक्छ ।
पटकपटक विभिन्न बिसयलाई लिएर नगरपालिका बिबादित बन्नु, दिनहु एक न एक नराम्रो खबर आउनु सङ्गै कयौं पटकपटक ठुलादेखी साना काण्डहरु बाहिरिनु तर सरोकारवाला निकाय कानमा तेल हालेर बस्नु कति को उचित हुन्छ ? यदि अझै यस्तै रह्यो, आ आफ्नो क्षेत्रबाट सबै सुध्रियनौ , एउटै गल्ती बारम्बार गरिरह्यौ भने बुङ्गल सामाजिक , आर्थिक , भौतिक सबै क्षेत्रबाट सयौं बर्ष पछाडि नपर्ला भन्न सकिँदन ।
अन्तमा : बुङ्गल बिकासका लागि सबै एकजुट बनौ बिकास बिरोधी र बिकास बाधक तत्व पहिचान गरौं र त्यस्ता तत्वहरुलाई निर्मुल पार्न आजै बाट हातेमालो गरौ ।