वायु सेवा कम्पनीको झुटो बिज्ञपति अझै घटेन काठमाडौ – धनगढी हवाई भाडा
योगेश सिंह /धनगढी – आन्तरिकतर्फ उडान गरिरहेका वायुसेवा कम्पनीहरूले अबको तीन दिनसम्म सस्तो मूल्यमै टिकट दिने भनेका भए पनि काठमाडौ देखि धनगढी उडान भर्ने जहाजले भने अझै चर्को भाडादर असुलि रहेका छन ।
वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले आज अर्थात सोमबारदेखि बुधबारसम्म अधिकतम मूल्यका टिकट नबेच्ने निर्णय गरेको हो। यससँगै अब सबै एयरलाइन्सहरूले यात्रुलाई सस्तो मूल्यका टिकट दिने भनेर निर्णय भएको भएपनी काठमाडौ देखि धनगढीका लागि भने टिकट घटेको छैन ।
देश बाढी, पहिरोको चपेटामा रहेको बेलामा नागरिकलाई राहत प्रदान गर्न यस्तो निर्णय गरेको संघका अध्यक्ष मनोज कार्कीले बताए।
`जहाजको जति अकुपेन्सी हुन्छ त्यसको ७० प्रतिशत लोअर लिमिटमा बेच्छौं। यो भरिएपछि १५ प्रतिशत मिडल र यो पनि भरिएपछि १५ प्रतिशत अपर लिमिटमा बेच्ने गरेका छौं,’ उनले भने, ‘अहिलेको लागि अपर लिमिटमा नबेच्ने र सबै टिकट लोवर लिमिटमै बेच्ने गरी निर्णय गरिएको छ।’
यसका साथै नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा अधिक नाफा नलिने र परल मूल्यमा नै उपलब्ध गराएको अस्थामा फ्युल चार्ज घट्ने र हवाई यात्रुलाई टिकटको मूल्य सस्तो पर्ने भन्दै इन्धनको मूल्य घटाइदिन संघले विज्ञप्तीमार्फत आग्रह समेत गरेको थियो ।
त्यस्तै वायुसेवा सञ्चालक संघले ल्याण्डिङ, पार्किङ, नेभिगेसन, यात्रुसेवा शुल्क लगातका अन्य शुल्कमा छुट दिएको अवस्थामा हवाई यात्रुलाई थप राहत हुने पनि विज्ञप्तीमा उल्लेख गरेको छ ।
यी सबै कुरा हुदाहुदै पनि सधै झै यसपालि पनि काठमाडौ देखि धनगढी सम्म आउनका लागि हवाई यात्रा रोज्ने यात्रुहरुले चर्को भाडा तिर्नु पर्ने बाध्यता अझै पनि समाधान हुन सकेको छैन ।
प्राय जसो दशै तिहारको समयमा राजधानी छोड्नेको संख्या अधिकतम हुने गर्छ यहि मौका पारेर काठमाण्डौ देखि धनगढी सम्म उडान भर्ने हवाई कम्पनी श्री एअरलाईन र बुद्ध एअरलाइनले भने दोब्बर भाडा असुल्ने गरेका हुन ।
सधै जसो धनगढी देखि काठमाडौ सम्म लाग्ने हवाई टिकट ६ देखि ८ हजारको बिचमा हुने गर्छ तर दशै तिहारको मौकामा एअरलाइन्स ले यस्को दोब्बर भाडा लिने गरेका छन ।
यी दुई एअरलाइन्स ले दशै तिहारको बिचमा १३ हजार देखि १८ हजार सम्मको भाडा असुल्ने गरेको धनगढीका एक व्यापारी अन्कुश गुप्ताले बताएका छन ।
आजको धनगढी देखि काठमाडौ सम्मको भाडा हेर्नेहो भने ६५०० रहेको छ भने काठमाडौ देखि धनगढी सम्म भाडा १४ देखि १७ हजार रहेको छ ।
एकातिर वायु सेवा कम्पनिले हिजो ३ दिन सम्म सस्तो भाडामै सेवा दिने भने पनि काठमाडौ – धनगढी भाडाको बिसयमा भने अझै मुख खोलेको छैन ।
अन्य समयको भन्दा दशै तिहारको समयमा मात्रै मान्छेको चाप अनुसार भाडा बढ्नुले यात्रुहरुलाई निकै सास्ती खेप्नु परेको यस बिसयमा सम्बन्धित निकायको चाडै ध्यान जान जरुरि देखिन्छ ।