तारकेश्वर नगरपालिकामा करारमा कार्यरत अमिन  घुस रकमसहित पक्राउ

असाेज १५गते :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको तारकेश्वर नगरपालिकामा करारमा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईलाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारले चौलागाईले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार लिइसकेको अवस्थामा र श्रोत नखुलेको ३४ हजारसहित तारकेश्वर नगरपालिका ६ धर्मस्थलीबाट सोमबार पक्राउ गरेको जानकारी दिएको छ ।

अख्तियारले चौलागाईलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *