सिन्धुलि मा माइक्रो बस दुर्घटना हुदा १५ जाना घाइते

असोज१८गते :सिन्धुलीको कमलामाईमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। काठमाडौँबाट १९ यात्रु लिएर विराटनगरतर्फ जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको माइक्रोबस आज बिहान करिब साढे चार बजे सिन्धुलीको कमलामाई नगरपालिका- ८ भिमाननजिकै सिस्नेरीमा दुर्घटनामा परेको हो। दुर्घटनामा माइक्रोका चालकसहित १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेले जानकारी दिनुभयाे ।

‘घाइतेमध्ये ९ जनालाई थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ,’ एसपी काफ्लेले जानकारी दिनुभयाे , ‘बाँकी ६ जना घाइते स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि अन्य सवारी साधनमा चढेर गन्तव्यतर्फ लागेका छन्।’दुर्घटनामा माइक्रोबसका चालक अनुप सुन्दास पनि घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको काफ्लेले बताए।

माइक्रोमा १९ जना सवार थिए। तीमध्ये चार जना सकुशल छन्। चालक निदाउँदा अथवा तीव्र गतिको कारण माइक्रो दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। माइक्राे सडकबाट नालीमा खसेकाे प्रहरीले जनाएकाे छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *