दीर्घकालीन बन्दै प्रत्येक बर्ष अबरुद्ध हुने बिजगडा बाग्थला सडक खण्ड अन्तर्गतको चिउरिको सेतो पहिरो
योगेश सिंह /बझाङ – प्रत्येक बर्ष बर्षायाम लागे सङ्गै अबरुद्ध हुने बझाङ्गको बाग्थला- बिजगडा सडक खण्डमा पर्ने चिउरीको रुख नजिकैको सेताे पहिराेकाे दीर्घकालीन समाधानका लागि पहलकदमी भएको छ ।
हरेक बर्ष बर्खा लागे सङ्गै अबरुद्द हुने गरेको जिल्लाको केदारस्यु गाउँपालिका देखि बुङ्गल नगरपालिका जोड्ने सडक केदारस्यु गाउँपालिकाको बाग्थला बजार नजिकै पर्ने चिउरीको रुखनिरको सेतो पहिरोको समाधान सङ्गै दीर्घकालीन सडकका लागि पहल कदमी भएको हो ।
सधैका बर्ष झै यो बर्ष पनि पटकपटक गरेर उक्त सडक महिनौ सम्म अबरुद्ध भएको थियो । सडक अबरुद्ध भए सङ्गै बाग्थला बाट बिजगडा आवतजावत गर्ने हजारौं ब्यक्तिले सास्ती भोग्नु परेको थियो ।
पटकपटक अबरुद्ध हुने उक्त सडकको निकासका लागि पटकपटक पहल भएको भए पनि जग्गाधनिहरुले उचित क्षतिपूर्ति दिनु पर्ने माग राख्दै सडक खुलाउन दिइरहेका थिएनन ।
तमात यात्रुहरु सङ्गै सबैले भोग्नु परेको सास्तिलाइ मध्यनजर गर्दै उक्त सडकको समस्याको दीर्घकालीन समाधानका लागि पुरानो सडक छोडेर तलबाट सडक बनाईने बुङ्गल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले जानकारी दिनु भयो ।
उहाका अनुसार सधै जसो अबरुद्ध भइ राख्ने र जनताले प्राय सास्ती खेप्नु परेको उक्त सडको निकास गर्ने क्रममा भएकाे सडक मुनिकाे खेतकाे बालीनालिकाे क्षतिपूर्ति बुङ्गल नगरपालिकाले दिने भन्ने सहमति बमाेजिम गत असाेज १८ गतेका दिन बुङ्गल नगरपालिकाले अमिन र कृषि प्राबिधिक र नगरप्रमुख धामिको आफ्नै उपस्थितिमा , स्थानीय जग्गा धनि र प्रहरी प्रशासनकाे उपस्थितिमा जग्गा नापजाँच गरि जिल्ला सरकारी रेट-दर अनुसार खेतिकाे क्षतिपूर्तिकाे एकिन(भ्याल्युएसन) गरिएको थियो ।
साथै सडक माथि पहिराेबाट दिर्घकालिन रुपामा संचान हुन नसक्ने अवस्था रहेकोले उक्त क्षेत्रका जग्गा धनिहरुले पनि अहिलेकाे सडक रहेको (पहिराे) मुनिकाे खेतबाट नयाँ सडक दिने कुराकाे माैखिक सहमतिका साथै प्रतिबद्धता समेत जाहेर गरिसकेको र छिट्टै नया दीर्घकालीन सडकको रुपमा नंया सडक बन्ने समेत नगरप्रमुख धामिले जानकारी दिनु भएको छ ।
ढिलो नै भएपनी हरेक बर्ष दुख दिने सडकको दीर्घकालीन समाधानका लागि बुङ्गल नगरपालिकाले गरेको पहलकदमी बारे जनसमुदाय हर्सित रहेको आउदा दिन हरुमा समेत यस्तै कामका लागि आशाबादी रहेको पाइएका छन ।