कार र मोटर साईकल ठोक्किदा एक को मृत्यु
असोज २१गते :कार र मोटरसाइकल ठोक्किँएर दुर्घटना हुँदा नेपाल प्रहरीका जवानको मृत्यु भएको छ । आइतबार साँझ मोरङको बेलबारी नगरपालिका ८ चिसाङ पुलनजिक दुर्घटना हुँदा ३२ वर्षीय प्रहरी जवान चित्रसागर राईको मृत्यु भएको हो । राई मोटरसाइकलमा सवार थिए ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किँएर दुर्घटना भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए ।
जोशीका अनुसार संखुवासभाको सिलिचुङ गाउँपालिका २ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो ।
अस्पताल पुर्याउना साथ चिकित्सकले राईलाई मृत घोषित गरेका हुन् । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । प्रहरीले कार र त्यसका चालक मोरङको सुन्दरहरैँचा नगरपालिका ९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ ।