कंचनपुरमा जंगली हात्तीको आक्रमणमा एक युबकको ज्यान गयो
महेन्द्रनगर – कंचनपुरमा जंगली हात्ती को आक्रमणमा परि एक युबक मृत्यु भएको छ ।
प्रहरिका अनुसार मृत्यु हुनेमा कंचनपुरको बेलौरी नगरपालिका घर भएका अन्दाजी २४ वर्षिय उमेश चौधरी रहेका छन ।
जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार चौधरी सोमबार राती बेलौरी नगरपालिका वडा नम्बर ५ बाट मोटरसाइकलमा बेलौरी नगरपालिका वडा नम्बर ६ डक्का चादर तर्फ जङ्गलको बाटो गइरहेको अवस्थामा उनलाइ जंगली हात्तिले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमण बाट गम्भीर घाइते भएका उनलाई हस्पिटल लग्ने तयारी हुँदै गर्दा मृत्यु भएको थियो ।