रागा को आक्रमण बाट शिक्षक को ज्यान गयो
असोज २५गते :पोखरा ३३ मा रहेको आफ्नै दाजुको भैंसी फार्ममा राँगाले हानेर धनन्जय आचार्यको निधन भएको छ । ३७ वर्षीय आचार्य मंगलबार घाँसपानीको लागि फार्ममा गएका थिए, जहाँ राँगाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
आचार्य पोखरा १७ बिरौटामा बस्दै आएका थिए र सिर्जना बोर्डिङ स्कुल र जनचेतन माविमा अध्यापन गर्थे । कास्की प्रहरीले दिएको जानकारी अनुसार, उनको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो ।
पोस्टमार्टम पछि पारिवारिक रूपमा अन्त्येष्टि पनि गरिसकिएको छ । शोकमा डुबेको परिवार र समुदायले उनको अप्रत्याशित निधनको खबरले गहिरो दु:ख व्यक्त गरेका छन् ।