प्रधानमन्त्री केपि शर्मा ओलि द्वारा बहिनिहरू बाट टिका ग्रहण
कातिक १८गते :प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले आज वालुवाटारको सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाउनुभएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । उत्तम साइत पछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ ।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।