रोशी खोला को पानि को बहाव घटे पछि विपि राजमार्ग दुई तर्फि सन्चालन
कातिक१९गते:बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको रोशी गाउँपालिकाको वडा नम्बर ११ स्थित माम्ती र पिप्ले सडकखण्डमा बनाइएको अस्थायी डाइभर्सन वर्षातले क्षति पुर्याएपछि अवरुद्ध भएको सडकखण्डमा यातायात सुचारु भएको छ
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास तामाङका अनुसार, सोमबार दिउँसो परेको पानीले रोशी खोलामा पानीको बहाब उच्च भएर अस्थाई डाइभर्सनमा क्षति पुर्याएकाले अपरान्ह ४:५० को समयदेखि राजमार्गमा सवारी अवरुद्ध भएको थियो । साझ ७:१५ बजे खोलामा पानीको बहाब कम भएपछी राजमार्गमा दुईतर्फी यातायात सुचारु गरिएको उनले जानकारी दिए ।