नेपाललाई बेइजिङले दियो ऐतिहासिक सम्मान, चीन-नेपाल समझदारीमा नयाँ आयाम

काठमाडौ । बेइजिङले प्रधानमन्त्रीसहित नेपाली प्रतिनिधिलाई ऐतिहासिक सम्मान दिएको छ । चीनका राष्ट्रपति सी चिनपिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीबीच न्यानो भेटवार्ता भएको छ । बेइजिङको देउताइ स्टेट गेस्ट हाउसमा ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्नुभएको थियो ।

त्यस्तै चीन भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहितको भ्रमण टोली र चिनियाँ प्रधानमन्त्री ली छ्याङ बीच ग्रेट हल अफ पिपुलमा न्यानो भेटवार्ता र आत्मीय छलफल भयो । यही क्रममा नेपाल र चीनबीच विभिन्न ९ समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई देशका प्रधानमन्त्रीबीच कनेक्टिभिटी, औधोगिक विकास, पूर्वाधार, स्वास्थ्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान प्रविधि, खेलकुद, प्रकोप व्यवस्थापन लगायतका क्षेत्रमा छलफल भएको हो ।

त्यसैगरी जनता जनताबीचको सम्बन्ध बढाउने र गरिवी निवारण लगायतका क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने विषयमा पनि कुराकानी भएको छ । चीन नेपालबीच भएको समझदारीअनुसार टोखा छहरे सुरुङ मार्ग निर्माणमा चीनले सहयोग गर्ने भएको छ ।

यस्ता छन् नेपाल-चीनबीच भएका सहमति र समझदारी

– टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान
– नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान
– ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान
– भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर
– विकास योजनासम्बन्धी समझदारीपत्र
– आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
– नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
– स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
– नेपाल टेलेभिजन र चाइना मिडिया ग्रुप(सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्र


Leave a Reply

Your email address will not be published. Required fields are marked *