बेइजिङस्थित पेकिङ विश्वविद्यालयले मदन भण्डारी विश्वविद्यालयलाई रणनीतिक सहयोग गर्न प्रधानमन्त्री ओलीको आग्रह

बेइजिङ — प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र बेइजिङस्थित पेकिङ विश्वविद्यालयलाई नेपालको मदन भण्डारी विज्ञान तथा प्राविधि विश्वविद्यालयको शिक्षा क्षेत्रमा स्तरोन्नतीको लागि रणनीतिक सहकार्य गर्न आग्रह गर्नुभएको छ । चार दिने औपचारिक चीन भ्रमणमा रहेका ओलीले मंगलबार बिहान पेकिङ विश्वविद्यालयमा सम्बोधनको क्रममा चीन र पेकिङ विश्वविद्यालयलाई मदन भण्डारी विश्विद्यालयसँग सहकार्यको लागि आग्रह गर्नुभएको हो ।

ओलीले सम्बोधनको सुरुआतमा निमन्त्रणाको लागि पेकिङ विश्वविद्यालयका अध्यक्षलाई धन्यवाद दिनुभएको छ । उहाले भन्नुभएको छ , ‘देशभक्तिको गौरवशाली परम्परा सहितको विश्वविद्यालयमा बस्ने यो अवसरले मलाई गहन रुपमा उत्प्रेरित गरेको छ ।’

ओलीले सम्बोधनका क्रममा आफ्नो युवावस्थामा पेकिङ विश्वविद्यालयको प्रेरणादायक यात्राको विषयमा पढेको बताउनुभएको थियो । उहाले सन् १९१९ मा उक्त विश्वविद्यालयमा साम्राज्यवाद विरोधी र सामन्तवाद विरोधी मे चौथो आन्दोलन सुरु भएको उल्लेख गर्नुभयो । उहाले भन्नुभयो,‘त्यो आन्दोलन आधुनिक चीनको इतिहासमा एउटा महत्त्वपूर्ण मोड थियो । र समृद्ध र लामो इतिहास बोकेको यो संस्थामा आज यहाँ उभिन पाउनु मेरो सौभाग्य हो ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *